निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

१ महिना अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको छ ।  ..

बालुवाटारमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति आभार व्यक्त गरिन् । आयोगले गरेको कामलाई इतिहासले धेरै उच्च मूल्यांकन गर्ने प्रधानमन्त्री कार्कीले बताउनुभएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

हालैको निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको महशुस सरकारले गरेको गृहमन्त्री अर्यालले बताए ।

सो क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका साथै गृहमन्त्री तथा कानुनमन्त्रीलगायतको उपस्थिति रहेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us