नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृशोक: ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको निधन

१ महिना अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बुढ्यौलीका कारण अस्वस्थ रहँदै आएका ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

केही समयदेखि श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए। निधनको खबर सार्वजनिक भएलगत्तै एमालेका शीर्ष नेताहरू, कार्यकर्ता र शुभचिन्तकहरू अस्पताल पुग्ने क्रम सुरु भएको छ।

मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई अहिले अस्पतालबाट भक्तपुरकै गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। निवासमा केही समय श्रद्धाञ्जलीका लागि राखेपछि  पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने बताइएको छ।

मोहनप्रसाद ओलीका छोरा केपी शर्मा ओली नेपालको राजनीतिमा स्थापित शीर्ष नेता हुन्। मोहनप्रसादले आफ्नो जीवनको लामो समय तेह्रथुम र झापामा बिताएका थिए। पछिल्लो समय उनी छोरा (केपी ओली) सँगै भक्तपुरमा बस्दै आएका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us