प्रधानमन्त्री देउवा बेलायत आउने पक्का (मन्त्रिपरिषद्को निर्णयसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बेलायतको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वल्र्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवाको बेलायत भ्रमणका लागि प्रतिनिधि मण्डल गठन भएको हो । देउवाले संयुक्त सरकार विस्तार गरेपछि पहिलो विदेश भ्रमण बेलायतमा गर्न लागेका छन् ।

आगामी नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्कोमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) अन्तर्गतको ग्लोबल लिडर समिटमा भाग लिन देउवा बेलायत आउने सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका हुन् । उक्त समिटमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछन् ।

© 2022 All Right Reserved DiasporaNepal