चुनावी माहोलबीच पनि रोकिएन युवा पलायन 

४ घण्टा अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । देशभर आगामी निर्वाचनको चहलपहल बढिरहेको बेला पनि युवाहरूको वैदेशिक पलायन रोकिएको छैन । रोजगारी र अवसरको अभावका कारण पछिल्लो ६ महिनामा करिब ६ लाख नेपाली युवा बिदेसिएका छन् ।

उम्मेदवारहरू गाउँ–गाउँमा भोट माग्न पुगिरहेका छन् । तर धेरै गाउँमा घर भए पनि युवा मतदाता भने भेटिन छाडेका छन् । रोजगारी नपाउँदा युवाहरू वैदेशिक रोजगारी तथा अध्ययनका लागि देश छाड्न बाध्य भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक विदेश जाने युवाको भीड देखिन्छ । धेरै युवाले चुनावभन्दा पहिले जीवनयापन महत्त्वपूर्ण भएकाले बिदेसिनुपरेको बताएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ लाख ९० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । औसतमा मासिक करिब ९५ हजार युवा बिदेसिएका छन् ।

विशेषज्ञहरूका अनुसार देशभित्र रोजगारी सिर्जना, सामाजिक सुरक्षा र युवामैत्री नीति नबनेसम्म पलायन रोकिने सम्भावना कम छ । ट्रेड युनियन नेताहरूले आगामी सरकारले रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us