पिटरबरो नेपाली समाज युकेको दशैं शुभकामना सॉझ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

पिटरबरो। पिटरबरो नेपाली समाज युकेले २०७८ सालको बिजया दशमी र तिहार शुभकामना साँझ मनाएको छ ।नेपाली दुतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना साँझ वेस्टउडको स्टाफोर्ड हल पिटरबरोमा सोमबार सम्पन्न भएको हो । स्थानीय नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको दशैं शुभकामना साँझमा दोस्रो र तेस्रो पुस्ताका नेपालीहरु पनि सहभागी भए । विदेशमा पनि नेपालीहरुले सांस्कृतिक पर्वकै रुपमा नेपाली खानपानसहित दशैको शुभकामना आदानप्रदान गरेका थिए ।
समाजका अध्यक्ष हरिहर भट्टराईको अध्यक्षतामा संचालन भएको शुभकामना साँझ कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट द्वितीय सचिव नेपाल राजदुतावास लण्डनको तर्फवाट सबैलाई शुभकामना दिए । उक्त कार्यक्रममा अतिथिका रुपमा उपस्थित पिटरबरो सिटी काउन्सिलर गुल नवाज, कन्जरभेटिभ पार्टीका वार्ड लिडर मोहमद रेन्जावले नेपालीहरूलाई महान चॉडको शुभकामना दिए।

समाजका निवर्तवान अध्यक्ष शिव भण्डारीले पिटरवोरो नेपाली समाजले सिटी काउन्सिलबाट प्राप्त सामुदायिक हललाई सोही दिनबाटै आफ्नो व्यवस्थापनमा संचालन गर्ने अनुमति पाएको जानकारी गराए । उनले यस्तो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । पूर्व अध्यक्ष केशव भण्डारीले समाजका पूर्व पदाधिकारीहरूको तर्फबाट सबैलाई शुभकामना दिए । भण्डारीले संस्थालाई यहाँसम्म ल्याउने सबैको सम्झना गर्दै पिटरबरो समाजमा नयाँ जोडिनु भएका सबै सदस्यहरूलाई स्वागत गरे । कार्यक्रममा ट्रस्टीको तर्फवाट ट्रस्टी संयोजक शिव पौडेलले दशैंको शुभकामना दिए ।

पिटरबरो नेपाली समाजका उपाध्यक्ष एवं एनआरएन युकेका सदस्य भिम खनालले उपस्थिति सबैलाई स्वागत गरेका थिए । कार्यक्रम संचालन महासचिव कृष्ण लुईटेल गरेका थिए ।
पहिलो चरणको औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टराईले परदेशमा एकै ठाउँमा बसेर दशैं मनाउन आउने सबैलाई विशेष धन्यवाद दिए । उनले बेलायतका विभिन्न स्थानबाट पिटरबरोमा बसाइँ सरेर आएका सम्पुर्ण नयाँ नेपाली परिवारलाई समाजको तर्फबाट स्वागत गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कार्यसमितिका साथीहरू र ट्रस्टीहरू लगायत सहभागीलाई धन्यवाद दिए ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष संगिता कोईराला र सचिव जुना सापकोटाले गरेका थिए । कलाकारहरू शान्ति पाण्डे, ज्योति प्रधान, रहना थपलिया, पूर्णमान व्रजाचार्य, साहसी भट्टराई ,सानवी पाण्डे, आर्याराज भण्डारी, क्रिसा रिजाल, यूक्रेश रिजाल ,आर्यन भन्डारी, र अमोद ढकालले नेपाली भाषा र सस्कृति झल्किने नेत्य र गित प्रस्तुत गरेका थिए । त्यसैगरि प्रणव रेग्मीले जादु देखाएर मनोरन्जन गराएका थिए । नेपालमा रहेको झल्को दिने गरि सहभागीहरु रमाउदै सामुहिक नृत्य गरे।

© 2022 All Right Reserved DiasporaNepal