एमाले बेलायतमा एकलौटी नेतृत्व चयनपछि विवाद

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा सुरेन्द्र थपलियालाई अध्यक्ष बनाएपछि विवाद उत्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ का पार्टी कमिटि व्यूताउँने सहमति विपरीत एक पक्षीय ढंगले नेतृत्व चयन भएपछि विवाद सहतमा देखिएको हो ।

विधान विपरीत भएको गुट भेलालाई मान्यता दिन सकिदैन : सल्लाहकार समिति अध्यक्ष रविन्द्र कणेल


एमाले भित्रको पार्टी विवाद अन्त्य गर्न अध्यक्ष केपी शर्मा ओली र दोस्रो पुस्ताका नेताहरु विच जेठ २ मा फर्कन सहमति भएको थियो । हामीहरु (राजेन्द्र पुडासैनी, रामशरण सिम्खडा, भक्त गुरुङ, कृष्ण भण्डारी र म)विच जेठ २ को पार्टी सहमति अनुसार अघि बढने सहमति भएको हो । अहिले एकाएक गुट भेला बोलाएर नेतृत्व चयन गरिएको सामाचार बाहिर आएका छन । यो राजनीतिक वेइमानी हो ।
छलफलमा मिलेर अघि बढने प्रतिवद्धता भक्त जीले गर्नु भएको थियो । अहिले गुट भेला बोलाएर सुरेन्द्र थपलियाजीलाई नेतृत्व सुम्पनु भएछ । मलाई आश्चर्य लाग्यो । जो साथीहरु नेतृत्वमा आएपनि मेरो उहाँलाई सम्मान छ । तर, सहमति र पद्धति विपरीत संगठन चलाउन खोज्नु भएको छ । त्यो कदापी मान्य छैन । यो कमिटिको निर्णय बैधानिक छैन । कार्यकर्ता भेलाको नाममा गुट भेला गर्नु भनेको पराजित मानसिकताको उपज हो । वैधाननिक अध्यक्ष नेपाल गएको मौका पारेर भेला बोलाउने र सल्लाहकार समितिलाई थाहै नदिई गुटको नेतृत्व चयन गर्ने विरुद्ध हाम्रो लडाई जारी रहन्छ ।

आइतबार अल्डरसटमा सम्पन्न मञ्चको बैठकले नयाँ नेतृत्व चयन गरेको महासचिव सुरेशजंग शाहले जनाए ।
वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई अध्यक्ष चयन गरिएको छ । बैठकले उपाध्यक्षद्वय तुंगभद्र भुषाल र सरस्वति केसीलाई वरिष्ठ उपाध्यक्षमा लगिएको छ । अध्यक्ष भक्त गुरुङ प्रवासी नेपाली मञ्चबाट विदा लिएका छन ।

बैठकलाई प्रमुख अतिथिका रुपमा एमालेका विदेश विभाग प्रमुख एवम् प्रवास इन्चार्ज डा राजन भट्टराईले जुम मार्फत सम्बोधन गरेका थिए । यसअघि नै भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीका गठन गरिएको छ । जसमा महासचिव रमेश पाण्डेले छन । उनले पनि जुम मार्फत अष्ट्रेलियाबाट शुभकामना दिएका थिए ।

बैठकमा सदस्य कर्ण शाही , गोविन्द पौडेल, पूर्व अध्यक्षहरू दिनेश घिमिरे र रामशरण सिम्खडाले शुभकामना मन्तव्य दिएका थिए ।

तत्कालिन एमालेमा विवाद भएपछि विधान विपरीत ओली समुहले भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मंच(ओएनयुएफ) युके गठन गरिएको थियो । एमाले र माओवादी कम्युनिस्ट विच पार्टी एकीकरण भएपछि बेलायतमा प्रवासी नेपाली एकता मंच युके गठन भएको थियो । यसको नेतृत्व राजेन्द्र पुडासैनीले गरेका थिए भने माओवादीका तर्फबाट सुरेश गौतमले गरेका थिए । विधान विपरीत गठन भएको मंच युकेलाई जेठ दुईको पार्टी स्प्रिट अनुसार एकाकार गर्ने सहमति एक पक्षीयको नेतृत्व गरिरहेका गुरुङ गरेको सल्लाहकार रविन्द्र कंडेलले जनाए । ‘हामीहरु राजेन्द्र पुडासैनी, रामशरण सिंम्खडा, भक्त गुरुङ, कृष्ण भण्डारी र म विच दुई पक्ष समेटेर भेला बोलाउने र त्यहीबाट जेठ २ को पार्टी सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको थियो,’ सल्लाहकार समिति अध्यक्ष कणेलले भने , ‘तर साथीहरुले गुट भेला बोलाएर एक जनाले नेता तोकिदिएछन । यो विधान र पद्धती विरुद्ध छ । हामी यसलाई मान्यता दिदैनौं ।’
भक्त गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थपलियाको स्वागत मन्तव्य दिएका थिए । संस्कृति तथा सम्पदा विभाग प्रमुख वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवालीले दशैँको शुभकामना दिएका थिए ।
बैठकमा अध्यक्ष भक्त गुरुङले संगठनको नीतिगत प्रतिवेदन, महासचिव सुरेशजंग शाहले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्य रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सबै प्रतिवेदन पारित गरिएको थियो ।

बैठकले रूपन्देहीको मोतिपुरमा सुकुम्वासीहरुमाथि चारजनाको ज्यान जाने गरी प्रहरीबाट चलाइएको गोली काण्डको भर्त्सना गरेको छ । बेलायतभरका ६ वटै क्षेत्रीय कमिटीहरूबाट सहभागिता जनाइएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal