एमाले महासचिव शंकर पोखरेल बेलायत उत्रिए, राजनीतिक भेटघाटमा व्यस्त

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

 

लण्डन । एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ अधिबेशन उद्घाटन गर्न बेलायत आइपुगेका छन ।  बिहीबार पत्नी सुजिता शाक्यसहित बेलायत भ्रमणमा आइपुगेका महासचिव पोखरेललाई बेलायतस्थित नेपाली राजदुत चन्द्रकुमार घिमिरे तथा ओएनएफ यूके नेताहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा राजदुत घिमिरेसहित ओएनएफ युके इन्चार्ज सरस्वती केसी, अध्यक्ष तुंगभद्र भुसाल, ओएनएफ अन्तरराष्ट्रिय कमिटिका पुर्व अध्यक्ष भक्त गुरुङ, पुर्वअध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया, उपाध्यक्षद्वय कृष्ण भण्डारी र डा मुकुन्द बास्तोलालगायतका नेताहरु महासचिवलाई स्वागत गर्न पुगेका थिए ।

नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा बेलायत आएका पोखरेलले शुक्रबार विहानबाटै भेटघाट थाल्ने पुर्व अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

अधिवेशनमा अतिथिका रुपमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापा पनि बिहिबार नै बेलायत उत्रिसकेका छन । आगामी १५ जुनमा बेलायतस्थित लेस्टरमा हुन लागेको नवौं महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
महासचिव पोखरेल सँगै अन्तरराष्ट्रिय कमिटि सदस्य सन्तोष भट्टराई, अर्का सदस्य कल्पना त्रिपाठी, भीमलाल भट्टराई, तिलक भट्टराई, केशव पौडेललगायतले महासचिव पोखरेललाई नर्थ ह्यारोमा समेत स्वागत गरेका थिए

एमाले महासचिब पोखरेल शुक्रबार विहान नेपाली दुतावास लण्डनद्वारा आयोजित कार्यक्रममा सरिक हुनेछन । त्यस्तै, नेपाल बेलायतबीचको दौत्य सम्बन्ध, नेपाल बेलायतबीचको व्यापार, लगानी, पर्यटन अभिबृद्धि गर्न कार्यक्रममा नेता पोखरेल सहभागी हुनेछन । साथै, नेपाल र बेलायती राजनीतिक दलहरुबिच द्विपक्षीय सम्बन्ध अघि बढाउन लण्डनस्थित बेलायती सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । महासचिव पोखरेल लण्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधि स्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया र भेटघाट गरी पुर्वगोर्खाका आन्दोलन, गैरआवासीय नेपाली नागरिकता र अन्य सरोकारित बिषयमा छलफल गर्नेछन ।

सम्पुर्ण तयारी भैसकेको ओनएनएफ यूके अ्रध्यक्ष तुंगभद्र भुसालले जानकारी दिए ।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us