भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नियमबारे अन्तरक्रिया

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

Gurkha issues

लन्ड लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खापरिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे  अन्तरक्रियाआयोजना गरेको  लन्डनस्थितएभरेष्ट सोलिसिटर्सको आयोजनामा डिसेम्बर आइतबार भर्चुअल अन्तरक्रिया भएको हो

अन्तरक्रियामा लन्डनस्थित फर्म वान पम्प कोर्टसंग आवद्धब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी डेबोरारिभिलले गोर्खा सन्तान तथा परिवारको नयां परिवर्तित नियमसम्बन्धमा स्पष्ट पारेका थिए  अन्तरक्रियामा एभरेष्ट सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटरराजु थापाले स्वागत गर्दै ब्यारिष्टरहरुको परिचय दिएका थिए
गत १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्म मार्फतअहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरु झन्डै ९० प्रतिशत सफलगरि करिब हजार गोर्खालीका सन्तान यूके आइसकेको उनलेजनाए ब्यारिष्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरुले कसरीबेलायतमा आवासीय अधिकार प्राप्त गरे अभियान कसरीसफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगतगराएकी थिइन्

सन् २०२३ अक्टोबर मा होम अफिसले गोर्खा हङकङसैनिकहरुका लागि नयां नियम परिवर्तन गरेपनि पछि उक्तनियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसलागरेको उनले जनाइन्।

फर्स्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलमएक्ट युरोपियन महासन्धिको धारा बमोजिम आवेदकलाईपारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्सदिन आदेश गरेको उनको भनाइ थियो

’अति विपन्नअवस्थाका भूतपूर्व गोर्खाका बिधवा तिनकासन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भएपनि त्यसकालागि यथेष्ठ प्रमाण जुटाउनु पर्ने, समय धेरै लाग्ने यसमा धेरैकानूनी झन्झट हुने उनले बताइन्

अर्की ब्यारिष्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका दस्तुरबारे स्पष्ट पारिन् ब्यारिष्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमासाक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदि बारे प्रस्ट्याएकीथिइन् कभरिङ लेटरमा गल्ती हुन नहुने आफ्नो बयान झुटोहुन नहुनेमा उनको जोड थियो

ठेगाना पनि सही आफू बसिरहेकै ठाउंको हुनुपर्ने, स्पोन्सर गर्नेलेआफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात आर्थिकनिर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा बैंक स्टेटमेन्टवा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन्   उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भएउनीहरुको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनिप्रष्ट्याइन्

कार्यक्रममा एभरेष्ट सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयदइमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए

यो लिंकमा गएर पुरै कार्यक्रम हेर्न सकिन्छ :

https://www.youtube.com/watch?v=0j53L7JuXe8



Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us