जेन्स यूकेको पारिवारिक जमघट

२ महिनाs अगाडि

डायस्पोरा नेपाल


लण्डन । ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेको बार्षिक पारिवारिक भेटघाट सम्पन्न भएको छ । जेन्स यूकेका अध्यक्ष दिपक गैरेको अध्यक्षतामा सम्पन्न आइतबारको पारिवारिक भेटघाटमा संस्थासँग आवद्ध व्यक्ति र उनीहरुका परिवारहरुको सामुहिक भेटघाट भएको थियो। कार्यक्रममा अध्यक्ष दिपक गैरेले संस्थामा आवद्ध व्यक्तिहरु मात्र नभई पारिवारि विचको हार्दिकतालाई यो भेटले निरन्तर दिएको बताए । उनले नयाँ साथीहरुले क्रमश जेन्स यूकेमा स्वागत गर्ने र लगानीका बारेमा आगामी दिनमा अन्तरक्रिया गरिने जानकारी दिए । संस्थापक अध्यक्ष सालिक सापकोटाले आफ्नो व्यस्तताको बावजुद कार्यक्रममा सपरिवार उपस्थित हुनु भएका साथीहरुलाई धन्यवाद दिए । अर्कापुर्व अध्यक्ष तिलक भट्टराईले जेन्स यूके गठन हुदाका पृष्ठभुमीका बारेमा जानकारी गराए । पुर्व अध्यक्ष बिष्णु चोङवाङ र लेकनाथ गैरेलगायत कार्यसमितका पदाधिकारीहरुको उपस्थिति थियो ।
सामाजिक क्षेत्रमा सकृय रहेको संस्थालाई आफ्नो तफबार्ट थोरै भएपनि सल्लाह सुझाब दिन पाएकोमा सल्लाहकारद्वय डा मुकुन्द बास्तोला र अर्का सल्लाहकार मोहन गुरुङ खुशी व्यक्त गरे । कार्यक्रममा कार्यसमितिका कोषाध्यक्ष विष्णुभक्त भट्टराई, सदस्य त्रय श्याम लुईटेल, विपिन निरौला र गणेश थापालाई संस्थामा खादा ओढाएर सम्मान गरिएको थियो । उक्त अवसरमा अध्यक्ष गैरे नयाँ साथीहरु सँगको सहकार्यले संस्थाले थप उचाई लिई साथीहरु विचको सहकार्य प्रगाढ बनाउने विश्वास लिएको बताए । यो संस्थाको कार्यसमितिमा अव तीन जना नयाँ सदस्यहरु क्रमश लुईटेल, निरौला र थापा थपिएका छन ।पारिवारिक भेटघाटमा उपस्थिति सम्पुर्ण महानुभावहरुलाई उपाध्यक्ष मैना शर्माले स्वागत गरेकी थिइन् ।
यस्तै, कार्यक्रममा बेलायत भ्रमणमा रहनु भएको पुर्व अध्यक्ष लेखनाथ गैरेका बुवा र आमा तथा उपाध्यक्ष श्याम खत्रीका सासु आमालाई बेलायत भ्रमण फलदायी रहोस भनि शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार विपिन निरौलालाई दुवै भुमिकामा सकृय हुने विश्वास जेन्स यूकेलाई दिलाउदै संस्थामा गरिएको स्वागत प्रति अध्यक्ष गैरेलाई धन्यवाद दिए ।

महासचिव राम थापाले संचालन गरेको कार्यक्रम पारिवारिक जमघटलाई थप रमाइलो बनाउन बिभिन्न खेलकुद प्रतियोगिता गरिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal