ओएनएफ यूकेद्वारा लण्डनमा स्वर्गीय नेम्वाङ प्रति शोक सभा

८ महिनाs अगाडि

डायस्पोरा नेपाल


लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको असमायिक निधन प्रति श्रद्धान्जली व्यक्त गरेको छ । ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा बिहिबार जुम मार्फत शोक प्रस्ताब पारित गर्दै श्रद्धान्जली व्यक्त गरेको हो ।
उक्त शोक सभामा स्वर्गीय नेम्वाङले प्रवासी र गैरआवासीय नेपालीहरुको लागि खेलेको भुमिकाको सम्झना वक्ताहरुले गरेका थिए । उनीहरुले एमाले पार्टी र नेपाली राजनीतिकमा एक असल र समन्वयकारी भुमिका खेल्ने नेताको निधनले नेपाली राजनीतिमा क्षति पुगेको बताएका थिए ।
सभामा ओएनएफका पुर्वअध्यक्षहरु अलकल जंग लामा, दिनेश घिमिरे, रामशरण सिंखडालगायत उपस्थित रहेको सचिव पुण्य रेग्मीले जानकारी दिए । स्वर्गीय नेम्वाङले एनआरएनएका मुद्दाहरुलाई सम्बोधन गर्न सरकारका तर्फबाट विशेष पहल गरेका थिए । कार्यक्रम सुरु हुनुअघि स्वर्गीय नेम्वाङ प्रति एक मिनेट मौनधारण गरिएको थियो ।
बालुवाटारस्थित निवासमा हृदयघातपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै बीच बाटोमै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal