डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत

९ महिनाs अगाडि

डायस्पोरा नेपाल

केन्ट । डार्टफोर्ड नेपाली समाज (डिएनसी) को अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत निर्वाचित भएकी छिन् । आइतवार डार्टफोर्डस्थित फ्लिटडाउन फुटवल क्लबको मैदानमा गरेको अधिवेशनले डा.पाण्डे घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिले रिक्त सदस्य पदमा पछि मनोनयन गर्नेछ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा तारा सिम्खडा भट्ट र तीर्थ पौडयाल , महासचिवमा अनुक्रम रिजाल , सचिवमा शशी गुरुङ , कोषाध्यक्षमा प्रभात पौडेल , सदस्यहरुमा तिलक भट्टराई, अन्जु थापा बस्नेत , शेष आचार्य , हरिकला कंडेल , पूजा पाण्डे र उत्तम गौतम छन । बाकी ३ सदस्य निर्वाचित कमिटिले पछि मनोनयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष डा. विना पाण्डे घिमिरेले पब्लिक हेल्थमा पिएचडी गरेकी छिन् । उनी ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गराउछिन । संस्थाका संस्थापकअध्यक्ष डा. चण्डिका भट्ट संयोजक, पूर्व अध्यक्षहरु राजेश पाठक , दीपक थापा र गजेन्द्र कटुवाल तथा डा. बिष्णु शर्मा सदस्य रहेको ५ जनाको निर्वाचन कमिटीले निर्वाचनका सबै काम सम्पन्न गरि निर्वाचित कमिटीलाई सस्थाको सपथ खुवाएका थिए ।

निवर्तमान अध्यक्ष लेखनाथ खरेलले साधारण सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कोरोना कालखण्डबाट बाहिर निस्केर संस्थाले व्यापक सहभागिता र उत्साहपुर्ण वातावरणमा नियमिति कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाए । डिएनसी संस्थाको आजीवन सदस्यता ८२ बाट बढेर १४० पूगेको जानकारी उनले गराए । संस्थालाई थप सक्रिय बनाउन निवर्तमान अध्यक्ष खरेलले नवनिर्वाचित कार्यसमितिलाई सुझाव तथा शुभकमाना दिए । संस्थाका आजीवन सदस्य रामकृष्ण श्रेष्ठको हालै भएको निधनमा दुख ब्यक्त गर्दै उनको निधनमा परिवारप्रति समवेदना व्यक्त गरिएको थियो । संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उक्त प्रतिवेदनहरुलाई अधिवेशनले सर्वसम्मत रुपमा पास गरेको थियो ।
डिएनसीले आफ्नो अधिवेशनमा खेलकुद कार्यक्रम ,
प्रत्यक वर्ष गरिने संस्थाको वार्षिक खेलकूद कार्यक्रम पनि आयोजना गरिएको थियो । अधिवेशनका दिन स साना नानी बाबुहरूदेखि नेपालबाट आउनु भएका बुवा आमाहरुले समेत खेलकुदमा उत्साहजनक भाग लिएका थिए । खेलकूद संयोजक रुद्र कोइरालाले खेलको सफलतापूर्वक संयोजन गर्दै हरि पन्थ र विना पाण्डे घिमिरेले खेलको तयारी सघाएका थिए । खेलकुदमा दिपा कोइराला , अमृता भट्टराई, दिपक पाण्डे, बेद प्रकाश भट्टराईलगायतले सहयोग गरेका थिए भने छोराछोरीहरुमा बृस्टी , महिमा , शितल , निकिता , नियति , रिजु , रिया आदिले डिएनसी भोलिन्टियर भएर खेलकुद संचालनमा सघाएका थिए। खेलमा विजयी सबैलाई मेडल , प्रमाणपत्र आदि प्रदान गरिएको थियो।

यसैगरी, संस्थाका निवर्तमान अध्यक्षले खरेलले संस्थाका निवर्तमान सचिव हरि हड्खले र आसा फेरालीले संस्थामा गरेको योगदानको प्रसंशा गरेका थिए । भने संस्थाका पुर्व उपाध्यक्ष भरत लामिछानेले आफ्नै निजी खर्चमा नयाँ साउन्ड सिस्टम खरिद गरि हस्तान्तरण गरेका थिए । उक्त सिस्टमलाई भाडामा दिदा उठ्ने रकम समेत सस्थामा जम्मा गर्न लगाई आर्थिक सहयोगमा महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्दै निवर्तमान अध्यक्ष खरेलले उनलेको योगदानको प्रसंशा गरे । भरत लामिछाने र सुशिला लामिछानेले आफ्नो व्यवसाय गर्दै आएका छन । खाना व्यवस्थापनका लागि चिरन घिमिरेलाई संस्थाले धन्यवाद दिएको थियो।

© 2022 All Right Reserved DiasporaNepal