इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। लिगमा रेलिगेशन जोनमा रहेको एभर्टनले सोमबार डेचीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

इंग्लिस प्रशिक्षकले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहनेछन्।

गत साता एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई खराब नतिजा दिएको भन्दै बर्खास्त गरेको थियो।

एभर्टन प्रिमियर लिगमा २० खेलबाट तीन जितसहित १५ अंक जोडेर यो सिजन १९ औं स्थानमा छ।

एभर्टनका नयाँ प्रशिक्षक डेचीले आगामी शनिबार प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनलसँग पहिलो खेल खेलाउनेछन्। गुडिसन पार्कको भ्रमणबाट उनले आफ्नो एभर्टनमा प्रशिक्षण यात्रा सुरू गर्नेछन्।

डेची गत अप्रिलमा बर्नलीबाट बर्खास्तमा परेका थिए। त्यसयता उनी कुनै पनि क्लबमा आबद्द थिएनन्।

© 2022 All Right Reserved DiasporaNepal