नाटकीय पतनपछि इंग्ल्याण्ड पराजित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

जेसन रोयको उत्कृष्ट शतकका बाबजुद पहिलो एक दिवसीय खेलमा इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग २७ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४४.२ ओभरमा २७१ रनमा समेटिएको हो ।

रोयले ७९ बलमा शतक बनाएपछि इंग्ल्याण्ड सहजै रूपमा जीततर्फ अग्रसर बनेको थियो । उनले ९१ बलमा ११३ रन बनाएर आउट हुँदा इंग्ल्याण्डले २० ओभरभित्र १४६ रन बनाएको थियो । ३० औँ ओभर टोलीले ३ विकेटको क्षतिमा १९६ रन बनाइसकेको थियो । तर, मोइन अली आउट भएपछि इंग्ल्याण्डको नाटकीय पतन सुरु भयो । टोलीले ४९ रनको अन्तरमा ६ विकेट गुमाउन पुग्यो । एनरिच नोर्टजेले ४ तथा कागिसो राबाडाले दुई विकेट लिए ।

यसअघि रासी भान डर डुसेनको १ सय ११ रनको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रन बनाएको थियो । उनलाई डेविड मिलरले अर्धशतक बनाउँदै राम्रो साथ दिएका थिए । इंग्ल्याण्डका लागि साम करनले ३ विकेट लिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us