बार्सिलोना सेमिफाइनल प्रवेश

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

ओसुमान डेम्बेलेको निर्णायक गोलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।

खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो । बार्सिलोनाका लागि खेलको ५२औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए ।

कोपा डेल रे अन्तर्गत नै ओसासुनाले सेभियालाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

© 2022 All Right Reserved DiasporaNepal