काँग्रेस केन्द्रीय महाधिवेशनकाे साझा धारणाका लागि सहमतिको प्रयास

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर रिपब्लिका
तस्बिर रिपब्लिका
तस्बिर रिपब्लिका

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्य समितिको बैठकमा आसन्न १४ औं केन्द्रीय महाधिवेशनको विषयमा छलफल केन्द्रित रहेकाे छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बिहीबारदेखि सुरु भएको बैठकमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनसँग सम्बन्धित विभिन्न प्रस्तावहरु प्रस्तुत गर्नुभयाे ।

शुक्रबारको बैठकमा पनि खड्काले प्रस्तुत गरिएको प्रस्तावहरुमाथी थप प्रकाश पार्नुभएको काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । बैठकमा सहभागी काँग्रेस केन्द्रीय सदस्यहरुले आ–आफ्नो जिल्ला र भूगोलमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण उत्पन्न भइरहेको प्रतिकूलताका विषयमा पनि बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो । काँग्रेसको पूर्वनिर्धारित साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन प्रभावित भइसकेको अवस्थामा केन्द्रीय महाधिवेशनको परिमार्जित एवम् परिवर्तित कार्यतालिकाका लागि बैठकमा घनिभूत छलफल भएको छ ।

केन्द्रीय महाधिवेशन एवम् नेतृत्व चयनका लागि पनि निर्वाचन निर्देशिका परिमार्जित गर्नुपर्ने आवश्यकता रहेका कारण यस सम्बन्धमा काँग्रेसको केन्द्रीय कार्य समितिमा छलफल भइरहेको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलगायत समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनको विषयमा निकै संयमता एवम् एकतापूर्वक साझा धारणाका लागि प्रयास भइरहेको शर्माले बताउनुभएको छ । काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको सन्दर्भमा बैठकमा विभिन्न कोणबाट आएका विकल्पहरुमध्ये सर्वोत्तम विकल्पमा पुग्ने प्रयास भएको उहाँले बताउनुभयो ।

© 2022 All Right Reserved DiasporaNepal