युनाइटेडको जित

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

म्यान्चेस्टर युनाइटेडले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो । नटिङहम फरेस्टको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, वाउट वेगहर्सट र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।

राषफोर्डले खेलको छैटौं मिनेटमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा वेगहर्सटले गोल गर्दा युनाइटेडको अग्रता दोब्बर पारे । खेलको ८९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए । दोस्रो लेग बुधबार राति हुनेछ ।

© 2022 All Right Reserved DiasporaNepal