‘भारत–पाकिस्तान आणविक युद्धको धेरै नजिक थिए,’ पूर्व अमेरिकी विदेशमन्त्री

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पिओले फेब्रुअरी २०१९ मा भारतको बालाकोटमा गरेको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले भारतमाथि आणविक आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्प प्रशासनका पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो पुस्तक ‘नेभर गिभ एन इन्चः फाइटिंग फर अमेरिका आई लभ’ मा लेखेका छन् कि उनलाई तत्कालीन विदेश मन्त्री सुष्मा स्वराजले जानकारी दिएकी थिइन् ।

उनले भने, ‘जब यो घटना २०१९ मा फेब्रुअरी २७–२८ मा भएको थियो, म अमेरिका–उत्तर कोरिया शिखर वार्ताका लागि हनोई गएको थिएँ । त्यसपछि हाम्रो टोलीले भारत र पाकिस्तानसँग कुराकानी गरेको थियो ।’

माइक पोम्पिओले भनेका थिए, ‘मलाई लाग्दैन कि भारत र पाकिस्तानबीचको युद्ध आणविक आक्रमणमा कति नजिक आएको थियो भन्ने विश्वलाई थाहा छ ।’

फेब्रुअरी २०१९ मा, कश्मीरको पुलवामामा चरमपन्थी हमलामा ४० सीआरपीएफ जवानको मृत्यु भएको थियो । त्यसपछि भारतले बालाकोटमा सर्जिकल स्ट्राइक गरेको थियो ।

माइक पोम्पेओले पुस्तकमा लेखे अनुसार उनी भियतनाममा भएको त्यो रात कहिल्यै बिर्सन सक्दैनन् ।

उनले लेखेका छन्, ‘म हनोईको त्यो रात कहिल्यै बिर्सने छैन, यस्तो लागिरहेको थियो कि उत्तर कोरियासँग परमाणु हतियारमा कुराकानी गर्नु हाम्रो लागि पर्यात थिएन । भारत–पाकिस्ताले एक–अर्कालाई धम्की दिइरहेका थिए ।’

उनले लेखेका छन्, ‘भारतका तत्कालीन विदेशमन्त्रीले मलाई पाकिस्तानले आणविक आक्रमणको तयारी गरिरहेको कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।’

पोम्पिओले भारतमा आफूलाई चिनेका एक भित्री व्यक्तिले भारतले पनि आफ्नो तयारी विस्तार गर्ने बारे विचार गरिरहेको बताएको बताएका थिए ।

उनले भने, ‘मैले उनलाई अहिले केही नगर्न र यो मामिलालाई सुल्झाउनका लागि हामीलाई केही समय दिन आग्रह गरेको थिएँ ।’

© 2022 All Right Reserved DiasporaNepal