‘वागिर’ पनडुब्बी भारतीय जलसेनामा सामेल हुँदै

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

भारतीय नौसेनाले सोमबार कलवारी श्रेणीको आफ्नो पाँचौँ पनडुब्बी ‘वागिर’ लाई औपचारिक रुपमा जलसेनामा समावेश गर्दैछ ।

यो पनडुब्बीलाई भारतीय नौसेनाको प्रोजेक्ट–७५ अन्तर्गत मुम्बईको मझगाउँ डक शिपबिल्डर्स लिमिटेड (एमडीएल) मा  बनाइएको हो । अघिल्लो २० डिसेम्बरमा यसलाई भारतीय जलसेनालाई सुम्पिइएको थियो ।

यसअघि कलवारी क्लासका चार पनडुब्बीलाई भारतीय नौसेनामा कमिशन गरिसकिएको छ ।

कस्ता छन् विशेषता ?

– विभिन्न खालका युद्ध अभियानमा महत्वपूर्ण भूमिका निभाउन सक्षम

– एन्टी सर्फेस, एन्टी सबमरिन, गुप्तचर र निगरानी अभियान र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउन सक्षम

– भारतीय नौसेनाले यसलाई ‘स्यान्ड शार्क’ अर्थात् दुश्मनको नजरबनट लुकेर हमला गर्न माहिर बताएको छ ।

सामरिक क्षमताको उदाहरण

दुश्मनको नजरबाट बच्नका लागि आधुनिक विशेषताद्वारा सुसज्जित वागिरलाई ‘स्टेट अफ आर्ट’ पनडुब्बी भनिँदैछ र यसलाई भारतीय सामरिक क्षमताको उदाहरण पनि बताइँदैछ ।

भारतीय नौसेनाका अनुसार भारतीय जलसेनाले सबैभन्दा पहिला १ नोभेम्बर सन् १९७३ मा ‘वागिर’ लाई कमिशन गरेका थिए । यो पनडुब्बीले विभिन्न अभियान पूरा गर्यो । तीन दशकसम्म सेवामा रहेपछि यसलाई जनवरी २००१ मा डी–कमिशन गरियो ।

त्यसपछि एक नयाँ परियोजनाअन्तर्गत नोभेम्बर २०२० मा यसलाई एक नयाँ र आधुनिक अवतारमा पुनः नौसेना फ्लिटमा समावेश गर्न आदेश दिइयो ।

भारतीय नौसेनाका अनुसार यो भारतमा सबैभन्दा कम समयमा तयार हुने पहिलो पनडुब्बी हो ।

© 2022 All Right Reserved DiasporaNepal