ला लिगा : बार्सा र रियल विजयी

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको खेलमा पेड्रीको एक मात्र गोलको मद्दतले बार्सिलोना विजयी बनेको हो । 

ज्याभीको टोली निलम्बित स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र फेरान टोरेस बिना नै मैदानमा उत्रेको थियो । पेड्रीले खेलको ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए । बार्साले पछिल्ला १६ लिग खेलमा कम्तीमा एक गोल गर्न सफल भएको छ ।

उता, करिम बेन्जेमाको उत्कृष्ट गोलको मद्दतले साबिक विजेता रियल मड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बर्सासँगको दुरी ३ अंकमा सीमित गर्न सफल रह्यो । खेलको २४ औँ मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । बालोन डि’ओर विजेताले पछिल्ला ५ खेलमा ६ गोल गरेका छन् ।

खेलको अन्तिम मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । १७ खेलपछि रियलको ४१ अंक रहेको छ भने बासिलोनाको ४४ अंक रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal