बैंकहरुको नाफा घट्यो

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको सङ्ख्या घटेसँगै यता बैंकहरुको नाफामा समेत सङ्कुचन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना अर्थात् पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुको नाफा घटेर २५ अर्ब ९५ करोड ९० लाख २४ हजारमा सीमित हुन पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा कायम २७ वटा वाणिज्य बैंकहरुले ३० अर्बमाथिको नाफा आर्जन गरेका थिए । 

केन्द्रीय बैंकको बिग मर्जरको नीति अनुरूप बैङ्कहरू मर्जरमा जाँदा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको सङ्ख्या घटेर २२ वटामा झरेका छन् । जसमध्ये भर्खरै मात्र मर्जर भएर एकीकृत कारोबारमा गएका दुईवटा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंकले वित्तीय रिपोर्ट सार्वजनिक गरेका छैनन् । 

बाँकी वित्तीय रिपोर्ट सार्वजनिक गरेका २० वटा बैंकले अघिल्लो वर्षको तुलनामा २९.९८ प्रतिशतले नाफा वृद्धि गर्दै २५ अर्ब ९५ करोड ९० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये, ७ वटा बैंकको नाफामा ब्रेक लाग्न पुगेको छ । 

© 2022 All Right Reserved DiasporaNepal