सामाजिक अभियन्ता सार्कीले चितवनमा चलाए ‘शुद्ध पानी वितरण अभियान’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । सामाजिक अभियन्ता धनबहादुर सार्कीले नेपाल बसाईका क्रममा समाज सेवालाई निरन्तरता दिदै पार्वतिपुरमा ‘शुद्ध पानी वितरण अभियान’ सुरु गरेका छन् । आफुले बाल्यकाल विताएको गाउँ पार्वतिपुरका जनतालाई शुद्ध पानी पिलाउन ‘शुद्ध पानी वितरण अभियान’ थालेका हुन् ।

चितवन भरतपुर महानगरपालिका वडा नं. २१ मा खानेपानीको समस्या समाधान गर्न उक्त अभियान सुरु गरेको बताए । ‘आफूले बाल्यकाल विताएको ठाउँमा पिउने पानीको समस्या रहेछ, त्यो समस्यालाई समाधान गर्न गाउँलेहरु सँग मिलेर अभियान सुरु गरेको छु, उनले भने, म बेलायत आएपनि यो अभियान जारी रहन्छ । ‘सुकुम्वासी बस्तिमा पानी अभावको कारण उनीहरुको स्वास्थ्य जीवनशैली नराम्रोसँग असर परेको रहेछ केही राहत होस भनेर पानी अभियान सुरु गरेको छुुुुुुु, उनले भने ।
पुर्व गोर्खा समेत रहेका सार्कीले पार्वतिपुरका १० घर परिवारलाई घर–घरमा धारा जोडिदिएको जानकारी दिएका छन । रंगिलाका शंकर नेपाली, पार्वतिपुरका मञ्जु नेपाली, सोमबहादुर सार्की, हेम भट्ट, राममाया विक, मंगलबहादुर विक, रतनपुरका माया सार्की, पारिलोटारका लुरे विक, सितापुरका सुकबहादुर विक र कञ्चनबस्तीका मनोज भुजेलको घरमा धारा जडान गरिदिएको छु, उनले भने । उक्त शुद्ध पानी वितरण अभियानबाट करीव ३ सय घर लाभान्वित हुनेछन । सो वडाका कार्यवाहक अध्यक्ष कृष्णकुमार गुरुङले बेलायतमा रहेका सार्कीले समाजसेवाको भाव देखेर आफुलाई खुसी लागेको बताए ।
अक्षय कोष स्थापना
पार्वतिपुरस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । आफूले एसएलसी उत्तिर्ण गरेको विद्यालयमा दुई लाख १० हजार रुपैयाँको कोष स्थापना गरेका हुन । उनले पार्वतिपुरस्थित अर्को विद्यालय श्रीआधारभूत विद्यालयमा पनि खेलकुद सामग्री खरिदका लागि रु ५० हजार सहयोग दिएका थिए।
सार्कीले बेलायतमा नवजागृति नेपाली समाज युकेको स्थापना गरेका थिए । उनले कोरोना संक्रमणका बेला नेपाली वेयलफेयर सोसाईटी यूके मार्फत नेपालभर राहत वितरण गरेका थिए ।
नेपाली वेयलफेयर सोसाईटी यूके अध्यक्ष समेत रहेका सार्कीले कोरोना संक्रमणबाट जनतालाई जोगाउन नेपालभर ‘बाँचौ र बचाऔं’ भन्ने अभियान सञ्चालन गरे । ‘म आफुले कति सक्छु, थाहा छैन । तर सके सम्म सबैसँग सहकार्य गरि विपन्न समुदायको जीवनस्तर उकास्न मद्धत पुर्याउँछु भन्ने लागेको छ,’ उनले भने ।

© 2022 All Right Reserved DiasporaNepal