बालुवाटारमा मन्त्रिपरिषद्को बैठक: राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुने

५ वर्षs अगाडि

डायस्पोरा नेपाल

This image has an empty alt attribute; its file name is cabinet-deuba-768x414.jpg

काठमाडाैं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउन लागेका हुन् ।

त्यसबाहेक, विभिन्न मन्त्रालयको नियमित एजेण्डामा बैठकमा छलफल भइरहेको बताइएको छ ।असोज १० मा बालुवाटारमै बसेको सत्तारूढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति गरेको थियो ।

उक्त अध्यादेश फिर्ता नभइ मन्त्रिपरिषद विस्तार हुँदा गठबन्धनमा रहेको सत्ता सहयात्री दल जनता समाजवादी पार्टी फुट्ने र फिर्ता लिइहाल्दा एकीकृत समाजवादीविरुद्ध अदालतमा रहेको मुद्दामा असर पर्ने भएपछि गठबन्धन अलमलिएको थियो ।

प्रधानमन्त्री देउवाले जिम्मेवारी लिएको ७० दिनभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । असार २९ गते प्रधानमन्त्रीसँगै चार जना मन्त्रीले शपथ ग्रहण गरेका थिए ।

त्यसपछि देउवाले साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए भने असोज ६ गते डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us