परराष्ट्र मन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्ने तयारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी गरेका छन । काठमाडौं कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका केन्द्रीय सदस्य तथा सांसद नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेको छ ।

मन्त्री खड्कालाइ आजै  आज १ बजे  सपथ ग्रहण गराउने तयारी ररहेको  छ । मंगलबार सत्तारूढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको थियो । गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे कुनै पनि विवाद नरहेको र गठबन्धनमा सर्वसम्मत निर्णय गरिएको बताए ।

नेता डा. नारायण खड्का मन्त्री बनेकै दिन अमेरिकाको न्युयोर्क जान लागेका छन् । सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का न्युयोर्क जान लागेका हुन् ।

आज राति साढे ८ बजे डा खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लीला भट्टराईले जानकारी दिए।

© 2022 All Right Reserved DiasporaNepal