मोडर्ना र फाइजर खोप नेपालका १८ वर्षमुनिका बालबालिकाका लागि आपतकालीन प्रयोगको अनुमति

५ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : रोयर्टस

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि यी खोप लगाउने योजना बनाएको छ। जसका लागि खोप खरीद सम्झौता समेत भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

६० लाख डोज फाइजर २०२२ को जनवरी र ४० लाख डोज मोडर्ना मार्चसम्ममा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले जनाएको छ। सरकारले फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।

फाइजरका लागि माइनस ६० देखि ८० (अल्ट्रा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us