संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गरेका छन् ।
अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ ।
ब्राजिलको प्रमुख सरकारी भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले शीर्ष सरकारी अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएको छ ।
दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ।
इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।
इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले पुलिसलाई सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन् ।
करिब ३ वर्षपछि चीनले अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि आफ्नो सिमाना खुला गरेको छ।
ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतबार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्न बोल्सोनारो समर्थकले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन् ।
चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ ।
अमेरिकाले क्युबाली जासुस एना मोटेन्सलाई २० वर्षभन्दा बढी समय जेलमा बिताएपछि रिहा गरेको छ ।