ब्राजिल हिंसा : मन्त्रीको दाबी – बोल्सोनारो समर्थकले राष्ट्रपति निवासबाट हतियार चोरेर लगे

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतबार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्न बोल्सोनारो समर्थकले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन् ।

सञ्चारमन्त्री पालो पिमेन्टाले ट्वीटरमा भिडियो पोस्ट गर्दै भने, ‘हामी संस्थागत सुरक्षा कार्यालयको कोठामा छौँ । यहाँका प्रत्येक ब्रीफकेसमा घातक र गैर–घातक हतियारहरू थिए। ती अपराधीहरूले चोरेका छन् ।’

यद्यपि, ब्राजिल सरकारले आइतबार राष्ट्रपति निवास, संसद र सर्वोच्च अदालतमा आक्रमण गर्ने पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले कति हतियार चोरेका थिए भनेर जानकारी दिएनन् ।

प्रहरीका अनुसार हालसम्म करिब २ सय जना पक्राउ परेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal