इजरायलको राष्ट्रिय सुरक्षा मन्त्रीले सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले पुलिसलाई सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन् । इजरायली मन्त्री इटामार बेन–गिभिरले प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर भएको बताएका छन् ।

अघिल्लो हप्ता लामो समयदेखि सजाय काटिरहेका एक प्यालेस्टिनी कैदीको रिहाईपछि उत्तरी इजराइलमा उनको गाउँलाई रातो, हरियो र कालो रङको ब्यानरले सजाइएको थियो । यसैको प्रतिक्रिया स्वरुप इजराइली मन्त्रीले यस्तो आदेश दिएको बताइएको छ ।

हालको इजराइली कानुन सुरक्षा अधिकारीलाई ती स्थानको मात्रै झण्डा हटाउन अनुमान दिइएको छ जहाँ कानुन व्यवस्था बिग्रने खतरा हुन्छ । बेन गिविरको आदेशलाई प्यालेस्टिनीसँग विवाद बढ्ने अर्को एउटा कारणको रुपमा हेरिएको छ । बिन्यामिन नेतन्याहू सरकारलाई इजराइलको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकारमा गन्ती गरिन्छ ।

बेन गिविरले हालै जेरुशेलममा अल–अक्सा मस्जिदको पनि भ्रमण गरेका थिए जसमा साउदी अरब, यूएईसहित थुप्रै मुस्लिम देशले आपत्ति जनाएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal