स्कटल्याण्डमा नेपाली नयाँ वर्ष सगै उद्धव भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

नेपाल स्कटल्याण्ड फ्रेण्डसिप फोरममा उद्धव भट्टराईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन भएका छन । नयाँ कार्य समितिको उपाध्यक्षमा मेनुका कटुवाल, सचिवमा देवी तिमिल्सिना, उपसचिवमा देवी वराल , कोषाध्यक्षमा रोशन भट्टराई , सदस्यहरूमा अनल गौतम , ज्योत्स्ना भट्टराई, राधा खत्री, जयन्ती खड्का, इला गुरुङ र नविन वर्देवा छन ।
बेलायतको एउटा राज्य स्कटलैण्डको डण्डी र टेसाइड क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको सामुदायिक संस्थाको भेलाले प्रा. डा. गोपाल सापकोटा, डा. शिला त्रिपाठी र शोभा भट्टराई रहनु भएको तीन सदस्यीय सल्लाहाकार समिति पनि गठन गरेको थियो ।

भारतीय आश्रमको सभाहलमा सम्पन्न डन्डीको कार्यक्रममा ९० जना स्थानीय नेपालीको सहभागिता रहेको थियो । सहभागीहरूले शुभकामना आदान प्रदान गरेका थिए । संस्थाकी सल्लाहकार तथा भूतपूर्व अध्यक्ष डा. शिला त्रिपाठीले फोरमको इतिहास र गरेका कामहरुका बारेमा जानकारी दिइन । निवर्तमान अध्यक्ष शोभा भट्टराईले आफ्नो कार्यकालमा भएका कामहरूको जानकारी दिँदै सफलतापूर्वक कार्यकाल सम्पन्न गर्न सहयोग गर्नुहुने सबै सदस्यहरूलाई धन्यवाद दिइन ।

कार्यक्रममा सहभागीहरुले नेपाली लोकप्रिय गीत संगीतमा नाच गान समेत गरेका थिए । राधा खत्री, महेश्वर खनाल र नविन बर्देवाले गीत प्रस्तुत गरेका थिए भने वालकलाकारहरुले नृत्य एवं मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal