
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् ।

आज राष्ट्रिय सभाले उपाध्यक्ष पाउँदैछ। मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने भएको छ।

रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन्।

राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रूपैयाँ सहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ।

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ ।

सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।