भैरहवामा रोकिरहेको ट्रकमा बस र कार ठोक्कियो, १ को मृत्यु  

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ।  उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्। 

बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ। दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन्।

दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। 

त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे घाईते भएका छन्।
 
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ।

उद्धारमा सम्लग्न प्रहरीका अनुसार दुर्घटनाका समयमा बसका हेल्पर रहेका हरिश तिवारीले बस चलाएका थिए। 

बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस हेल्पर हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ। ´हामीले राती घटनास्थलमा रहेको बसको चालक सिटमा स्टेरीङबाट घाईते अवस्थामा रहेका हरिश तिवारीलाई उद्धार गरेका हौं गाडी उनैले चलाएका थिए,´ जिल्ला प्रहरी स्रोतले भन्यो। 

घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us