माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय  सभाको  उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने एक माओवादी नेताले जानकारी दिए । 

राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । 

लामो समयसम्म नेकपा एमालेमा  रहेकी  अर्यालले  दोस्रो  संविधान  सभा  निर्वाचनअघि माओवादी  केन्द्रमा  प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।  

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us