नक्कली नोटसहित दुई जना पक्राउ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रूपैयाँ सहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ।

सिरहाको लाहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नक्कली नोटसहित पक्राउ पर्नेमा लाहान नगरपालिका १९ का ३० वर्षे माेहम्मद ओसिन र सोहि नपा  १०  का  २२ वर्षिय माेहम्मद राज शेख छन्।

विशेष सूचनाको आधारमा उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रूपैयाँ सक्कली नगद समेत बरामद गरेको छ।

उनीहरूलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि सशस्त्रले ईलाका प्रहरी कार्यालय लाहानलाई बुझाएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us