
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।

नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् ।

बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् । उनले सहिद दिवसको अवसरमा आज आफ्नो फेसबुकमार्फत सो चेतावनी दिएका हुन् ।

आज प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी देशभर मनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।