प्रधानमन्त्रीद्वारा सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

आज प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी देशभर मनाइएको छ । 
सहिद दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा  सम्मान  अर्पण गर्न पुगेका छन् । 

दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । सहिद स्मारकमा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्न पुगेका छन् । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us