अमेरिकाकी उपविदेश मन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटवार्ता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए।

‘द्वीपक्षीय सहकार्यका विविध विषय र पारस्परिक हितका अन्य विषयमा पनि छलफल भएको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विटरमा लेखेको छ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने न्युल्यान्ड उच्च अमेरिकी कूटनीतिज्ञ हुन्।  

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us