‘ग्रीन पिन’ ल्यायो सानिमा बैंकले

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ग्रीन पिन ल्याएको छ। ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो।

ग्राहकहरूले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट-क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन्। उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्ने हुन्छ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु रहेको बैंकले जनाएको छ। 

सानिमा बैंकले हाल देशको सातै प्रदेशमा रहेको आफ्नो १२६ बाट कार्यालय तथा ११७ एटिएमबाट ग्राहकहरूलाई बैंकिङ सुविधा प्रधान गरिरहेको छ। 

© 2022 All Right Reserved DiasporaNepal