पुर्व गोर्खाहरुको आन्दोलन उपलब्धि तिर

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

ब्रिफिङ

लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकार सँग भूपू गोर्खाहरुलाई समान पेन्सन र समान अधिकारको लागि गरिएको आन्दोलन उपलब्धि उन्मुख भएको ब्रिफिङ गरेको छ । अल्डरसटको एम्पायर हलमा भएको कार्यक्रममा अभियन्ताहरुले गोर्खा सत्याग्रह संघर्ष समिति भोक हड्तालले आन्दोलनलाई उपलब्धि तर्फ उन्मुख गराएको ब्रिफिङ गरेका हुन ।
पर्व गोर्खाको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जस्तोसुकै आन्दोलनका लागि आफुहरु तयार रहेको चेतावनी समेत उनीहरुले दिए । आन्दोलनका अभियन्ता ज्ञानराज राईले मागहरु सम्बोधन नभएको खण्डमा प्रधानमन्त्री कार्यालय अघि तीन जना फेरी अनशन बसेर ‘देहत्याग’ गर्न तयार रहेको घोषणा गरे । अभियन्ताहरु राई, धनबहादुर गुरुङ र पुष्पा राना घले समितिका संयोजक कृष्ण बहादुर राई, प्रवक्ता मे. जुद्ध वहादुर गुरुङ, एनआरएनए अध्यक्ष प्रेम गाहामगर, नागरिकता निरन्तरता यूकेका अध्यक्ष थर्क राना, नागरिक निरन्तरता यूके नेपाल संयोजक सन्तोष थलग, गेसोका वरिष्ठ उपाध्यक्ष भक्त गुरुङ, एन आरएन यूके पुर्व उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकार दिपक मास्के, नेसाका महासचिव तर्क गुरुङ, पुर्व गोर्खा आन्दोलनका मिडिया संयोजक यम बहादुर गुरुङ, कोषाध्यक्ष देवी लिम्बूले उपस्थित पुर्व गोर्खालाई आन्दोलनका उपलव्धीका बारेमा सकारात्मक सन्देश प्रवाह गरेका थिए ।
प्रवक्ता मे. जुद्ध बहादुर गुरुङले पुर्व गोर्खाका माग सम्बोधन गर्न बेलायत सरकारले थालेको महत्वपुर्ण कदम भएको बताए । गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णवहादुर राईले पुर्व गोर्खाका आन्दोलन नेपाल सरकारको बताए । उनले आश्वासन भन्दा पनि अधिकार तत्काल चाहिएको जनाए । ,‘कुटनीतिक पहल भन्दा पनि गोर्खा आन्दोलनलाई राष्ट्रको आन्दोलन र यो देशको आन्दोलन हो बनाउनु पर्छ,’ उनले भने, ,अधिकार हातमा नआएसम्म लडिरहनु पर्छ ।, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गोर्खाहरु आन्दोलनमा एनआरएनए युकेको साथ रहेको जनाए । अभियानका सचिव तथा भोक हड्ताल बसेका धन गुरुङले ब्रिटिश सरकारले गोर्खालीहरुलाई २०७ बर्षदेखि गरेको अन्यायलाई ३२ वर्षदेखिको आन्दोलनले हटाउन नसकेकोमा दुख व्यक्त गरे । भोक हड्ताल गरेकी महिला पुष्पा घलेले आफ्नी ८७ बर्षकी आमाले रुँदै ‘जितेर आउनू’ भन्ने आर्शिवाद दिएको सम्झिन् । उनले २०७ वर्षदेखि भएको अन्यायलाई अन्त्य गर्नको निम्ति आफूहरु लडिरहेको भन्दै त्यसमा ३ करोड नेपालीहरुको समर्थन रहने बताइन् ।
गत अगष्टमा महिनामा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेले संघर्ष समितिको तर्फबाट १३ दिने भोक हड्ताल गरेका थिए । पुर्व गोर्खाका माग पुरा गर्न बेलायत सरकार, लण्डनस्थित नेपाली दूतावास, संघर्ष समिति तथा एनआरएनए यूकेविच छलफल तथा समन्वय भइरहेको छ ।
आन्दोलनलाई सफल बनाउन आ(आफ्नो ठाउँबाट योगदान पुर्याउने बेलायतस्थित नेपाली संघसंस्थाहरु, संचारकर्मी, बौद्धिक जगत, न्यायकर्मी, उद्यमी, व्यवसायी, ब्रिटिश भेट्रान संघसंस्थालगायत गोरखा सत्याग्रहका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु लगायत गोरखा भान्जा भान्जीहरुप्रति “गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति” आभार व्यक्त गरेको थियो ।
कार्यक्रम गोर्खा सत्याग्रह संघर्ष समिति यूके महासचिव शैन्द्र थापाले संचालन गरेको कार्यक्रममा महिला उपाध्यक्ष पदमसरी राईको स्वागत मन्तव्य राखेकी थिइन ।
उक्त कार्यक्रमको अध्यक्षता एरिया सभापति होम किराँत सुनुवारले गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal