एनआरएनएमा बृहत एकता कायम गर्न संस्थापक सचिव चिरन्जीबी ढकालको अपिल

२ दिन अगाडि

चिरन्जीबी ढकाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सस्थापकहरु मध्येका एक संस्थापक सचिव चिरन्जीबी ढकालले एनआरएनएको एकताका लागि आफु योगदान गर्न तयार जनाएका छन ।
उनले बुधबार एक विज्ञप्ती प्रकाशित गरि आवासीय नेपाली संघको भविष्यको स्थायित्वको लागि संस्थाभित्र बृहत एकता कायम गर्नको लागि आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् । संस्थापक अध्यक्ष डा. उपेन्द्र मह्तो, जीबा लामिछाने, शेष घले, कुमार पन्त, डा बद्री केसी, रामप्रताप थापा सगै सस्थापक सचिव ढकाल पनि समकालिन थिए । उनले १० औं महाधिवेशन सफलतापुर्वक सम्पन्न गर्न  भुमिका खेलेका थिए भने एनआरएनए यूकेको निर्वाचन पनि गराएका थिए ।

विज्ञप्ति

विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धीमा लगाउने उदेश्यले २१ वर्ष अघि स्थापना भएको गैरआवासीय नेपाली संघभित्र गत १० औं महाधिवेशनदेखि शुरु भएको असहज परिस्थिति उत्सर्गमा पुगेकोप्रति मेरो ध्यानार्कण भएको छ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनले स्थापना गरेको बहुपदीय प्रणालीले गत चैत्र महिनाको सर्वोच्च अदालको फैसलाले खारेज गरि संघभित्र बृहत एकता कायम गर्न नेपालको सर्वोच्च अदालतले दिएको फैसलाको मर्म विपरित संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा रहेको उच्चस्तरिय समितिमा भएका एक पक्षीय निर्णयले गैरआवासीय नेपाली संघभित्र थप विग्रह ल्याउने सुनिश्चित देखिएको छ ।

गत चैत्र महिनामा भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठको अध्ययन गरि गत साउन महिनामा पुनः सर्वोच्च अदालतले दिएको दोस्रो फैसलाले डा. बद्री केसीले नेतृत्व गरेको गैरआवासीय नेपाली संघलाई पूर्णरुपका कार्यकारी अधिकार सहित पुरा अवधि काम गर्न दिएको अधिकारलाई खोसेर पुरानो फैसलालाई आधार बनाएर घलेले मे महिनाको लागि घोषणा गरेको अधिवेशन पूर्ण रुपमा अवैधानिक र एकता महाधिवेशनको भावना विपरित रहेको छ ।

यसबीचमा पूर्वअध्यक्ष शेष घलेद्धारा एकता अधिवेशनको नाममा चालिएका कदमहरूलाई संस्थागत गर्नको लागि अत्यन्त लचिलो र संयम भएर संस्थाभित्र बृहत एकता कायम गर्न उच्च इच्छाशक्तिका साथ वर्तमान कार्यसमितिसंग वर्ता गरेर मात्र अघि बढ्न अनुरोध गर्दछु । गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई सम्मान गर्दै संस्थाभित्र बृहत एकताको वातावरण बने पछि मात्र एकताको महाधिवेशनको मिति तय गर्न सम्बन्धीत सबैमा अनुरोध गर्दछु । संघको संरचना र विधानमा उल्लेखित प्रक्रियाहरूको पालना गर्दै, हालका अध्यक्ष डा. बद्री केसीलाई संस्थाको नेतृत्व गर्नको लागि समय र अवसर दिनु आवश्यक छ।

यस निर्णयले संघको एकता र वैधानिकता बलियो बनाउनेछ र कुनै पनि पक्षको असहमतिलाई न्यायपूर्ण तरिकाले समाधान गर्न मद्दत पुर्याउनेछ। साथै, गैरआवासीय नेपाली संघको भविष्यको स्थायित्वको लागि संस्थाभित्र बृहत एकता कायम गर्नको लागि आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछु । र आम गैरआवासीय नेपाली संघका सदस्यहरुलाई बृहत एकताको पक्षमा उभिन आग्रह गर्दछु । भवदीय

चिरन्जीबी ढकाल

संस्थापक सचिव, गैरआवासीय नेपाली संघ २९ जनवरी २०२५

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us