आज अमेरिकी डलरको विनिमय दर पाँच वर्ष यताकै उच्च

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको विनिमय दर पाँच वर्ष यताकै उच्च रहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ ०८ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६८ पैसा पुगेको हो। 

यसभन्दा अघि गत मे २० मा डलर एकको खरिददर १२४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६७ पैसा पुगेको थियो। अघिल्लो दिन, बुधबार भने डलर एकको खरिदमा १२४ रूपैयाँ र बिक्रीमा १२४.६४ पैसा कायम गरिएको थियो। 

पाँच वर्ष अघि अर्थात् सन् २०१७ जुन ९ मा अमेरिकी डलर एकको खरिदमा १०२ रूपैयाँ ६७ पैसा र बिक्रीमा १०३ रूपैयाँ २७ पैसा पाइन्थ्यो। तर पछिल्लो समय विश्व बजारमा डलरको माग बढेसँगै यसको भाउ बढ्दो छ। यसले नेपाली पैसा कमजोर भइरहेको समेत बुझाउँछ। तर डलरको भाउ बढ्दै जाँदा नेपाल भित्रने रेमिट्यान्समा भने सकारात्मक प्रभाव पर्छ ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा १३३ रूपैयाँ १९ पैसा र बिक्रीमा १३३ रूपैयाँ ८३ पैसा तोकिएको छ। राष्ट्र बैंकले बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रूपैयाँ ८२ पैसा तोकेको छ। 

बिहीबार क्यानेडियन डलरको विनिमय दर पनि पाँच वर्ष यताकै उच्च भाउमा पुगेको छ। यसभन्दा अघि मंगलबार क्यानेडियन डलरको विनिमय दर उच्च कायम भएको थियो। मंगलबार डलर एकको खरिदमा ९८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ९९ रूपैयाँ १५ पैसा पुगेकोमा आज भाउ बढेर डलर एकको खरिदमा ९८ रूपैयाँ ९५ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४३ पैसा कायम गरिएको हो। 

राष्ट्र बैंकले आज साउदी अरेबियन रियाल एकको खरिददर भने ३३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रूपैयाँ २४ पैसा तोकेको छ। उता कतारी रियाल एकको खरिदमा आज ३३ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रूपैयाँ १६ पैसा पाइन्छ। 

त्यस्तै, आज युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ९४ पैसा कामय गरिएको छ। मेलेसियन रिंगिट एकको खरिददर २८ रूपैयाँ २४ पैसा र बिक्रीदर २८ रूपैयाँ ३८ पैसा कायम गरिएको छ। 

बिहीबारको लागि राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ९९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ९५ पैसा तोकेको छ। बहराइन दिनार एकको खरिदमा भने आज ३३० रूपैयाँ १६ पैसा र बिक्रीमा ३३० रूपैयाँ ७५ पैसा तोकिएको छ।

आज बहराइन दिनारको पनि हालसम्मकै उच्च दर कायम भएको हो। यसभन्दा अघि बहराइन दिनार एकको खरिददर सबैभन्दा उच्चमा सन् २०२२ मे २० मा ३२९ रूपैयाँ ११ पैसा र बिक्रीमा ३३० रूपैयाँ ७ पैसा कायम भएको थियो।

© 2022 All Right Reserved DiasporaNepal