मोबाइल एप र वेभसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहानेहरूको भाषा परीक्षा यस वर्षदेखि सिबिटी (कम्प्युटर बेस टेस्ट/ युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ।

अघिल्लो पटकसम्म पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएसँगै परीक्षार्थीको सहजताका लागि टपिकइपिएस वेभसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ। टपिकइपिएस डटकम वेभसाइट र टपिकइपिएस नामको मोबाइल एप्लिकेशनबाट परीक्षार्थीले प्रश्नपत्रको असीमित अभ्यास गर्न पाउने भएका छन्।

इपिएस टपिकको यस वर्षको कृषि समूह अन्तर्गतको परीक्षा जेठ १९ गतेबाट सुरू भइसकेको छ, भने उत्पादन मुलक तर्फको परीक्षा पनि छिट्टै सुरू हुनेछ।

दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यस वर्षदेखि पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुनेछ। परीक्षा हुने विधिअनुसार नै टपिकइपिएस मोबाइल एप र वेभसाइटमा परीक्षार्थीले अभ्यास गर्न सक्नेछन्।

टपिकइपिएस एप र वेभसाइटमा प्रयोगकर्ताले साइनअप गरेसँगै उनीहरूले परीक्षणका निम्ति निःशुल्क प्रश्नपत्र अभ्यास गर्न पाउँछन् भने सः शुल्क रूपमा प्रश्न पत्रहरूको सेट खरिद गरी असीमित अभ्यास गर्न पाउने वेभसाइट र मोबाइल एप्लिकेशनको निर्माता कम्पनीमा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालले जानकारी दिए। 

उनका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरूले पनि प्रयोग गर्न सक्नेछन्। इन्स्टिच्युटहरूले यस वेभसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो साखाको सम्बन्धनलिएर खातामा लगइन गरी विद्यार्थीहरूलाई अभ्यास गराउन सक्नेछन्।

इपिएस टपिक डटकम वेभसाइट र मोबाइल एप्लिकेशनमा कोरिया सरकारले लिने परीक्षाको ढाँचामा नै परीक्षाको अभ्यास गर्न सकिने भएकाले यो प्रभावकारी हुनसक्ने विश्व भाषा क्याम्पसका कोरियन भाषाका अध्यापक थानेश्वर बञ्जाडेले बताए।

कम्प्युटर/युबिटी प्रविधिमा अभ्यास गर्दा परीक्षाका बेलामा झनै सहज हुने बञ्जाडेको भनाइ छ। यस मोबाइल एप र वेभसाइटको निर्माण माकुरा क्रियसन्स प्रालि र हिमालयन ग्रुप अफ इन्स्टिच्युटले संयुक्त रुपमा निर्माण गरेको हो।

इपिएस टपिकको वेभसाइट र एण्ड्रोइड एप सञ्चालनमा आइसेकेको छ भने आइओएस एप्लिकेशन भने केही दिनमै सञ्चालनमा आउने निर्माण पक्षले जानकारी दिएको छ। माकुरा क्रियसन्स एकदशकदेखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको संस्था हो भने हिमालयन ग्रुप अफ इन्स्टिच्युट भने कोरियाबाट फर्किएका व्यक्तिहरूद्वारा सञ्चालित शैक्षिक लगायत विभिन्न क्षेत्रमा क्रियाशिल भएको छातासंस्था हो।

© 2022 All Right Reserved DiasporaNepal