कोरियाली कम्पनी मोट्रेक्सले अब नेपालमा  विद्युतीय गाडी बनाउने   

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

कोरियाली कम्पनी मोट्रेक्सले अब विद्युतीय गाडी बनाउन पाउने भएको छ। सोमबार बसेको लगानी बोर्ड बैठकले उक्त कम्पनीलाई विद्युतीय गाडी बनाउन दिने निर्णय गरेको हो। 

कम्पनीले भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्ली प्लान्ट परियोजना विकासका लागि प्रस्ताव गरेको थियो। मोट्रेक्सले एसेम्बलका लागि १० अर्ब ५४ करोड रूपैयाँ लगानी प्रस्ताव गरेको थियो।

बोर्डको ५१ औं बैठकले मोट्रेक्ससँग वार्ता प्रकृया सुरू गर्ने निर्णय पनि गरेको छ। यो कम्पनीलाई बोर्डले नेपालमा गाडी एसेम्बलका लागि २०७५ स्वीकृति दिएको थियो। कम्पनीले काम भने सुरू गरेको छैन।

© 2022 All Right Reserved DiasporaNepal