यातायात  विभागका महानिर्देशक  घिमिरेले साउनसम्ममा   इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव नभएको बताए

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले साउनसम्ममा बागमती र गण्डकी प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव नभएको बताएका छन्।

महानिर्देशक घिमिरेले गत शुक्रबार विभागले जारी गरेको सूचना सांकेतिक मात्र भएको बताए।

‘साउन १ गतेसम्म पनि बागमती र गण्डकी प्रदेशमा चल्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव हुँदैन। विभागले जारी गरेको सूचनामा सांकेतिक कुरा मात्रै छ। व्याख्या गरिएको छैन। सबैलाई कारबाही हुँदैन,’ घिमिरेले भने।

नयाँ सवारी दर्ता भएर पनि इम्बोस्ड नम्बर प्लेट जडान नगरी चलेको अवस्थामा भेटिए भने कारबाही हुने उनले स्पष्ट पारे।

गत शुक्रबार विभागले सूचना जारी गर्दै साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो।

विभागको उक्त सूचनाको सामाजिक सञ्जालदेखि संसदसम्म विरोध भएको छ। पूर्वाधार नपुगेको, शुल्क निकै महंगो भएकोलगायत विषयमा विरोध भइरहेको छ।

 

© 2022 All Right Reserved DiasporaNepal