दोहोरो अंकले घट्यो नेप्से

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सोमबार नेप्से १२.८९ अंकले घटेर २,०६५.८२ बिन्दुमा पुगेको छ। गत साता नेप्से परिसूचक एक सय ४५ अंकले घटेर शुक्रबार २,०७८ बिन्दुमा पुगेको थियो। 

बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आज कुल २२८ किसिमका धितोपत्र तथा ऋणपत्रको ४४ लाख ९ हजार ६९१ सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रूपैयाँको कारोबार भएको छ। 

गत साता बजार बन्द हुँदा शुक्रबार कुल २२६ किसिमका धितोपत्र तथा ऋणपत्रको ३८ लाख ४८ हजार ५०८ सेयर किनबेच भएको थियो। सो दिन एक अर्ब ३० करोड ७३ लाख ५९ हजार रूपैयाँको कारोबार भएको थियो। 

आज सबैभन्दा धेरै बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीको आज सकारात्मक सर्किट ब्रेक लागेको हो। यसपछि बलेफी हाइड्रोपावरको आज ९.९६ प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै घट्नेमा हिमालयन बैंक लिमिटेडको ९.९९ अंकले घटेको हो। यसपछि माहुली लघुवित्त वित्तीय संस्थाको ७.६६ प्रतिशतले सेयर मूल्य घटेको छ। 

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये ६ वटाको बढेको छ भने बाँकी ७ वटाको मूल्य घटेको छ। सबैभन्दा धेरै घट्नेमा लाइफ इन्स्योरेन्सको २.०१ प्रतिशत र  बैंकको १.३२ प्रतिशतले घटेको हो। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको ८ करोड २४ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको छ। 

यसपछि एनआइसी एसिया बैंकको ६ करोड ७६ लाख ९४ हजार रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख ९१ हजार रूपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख २३ हजार रूपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख ४७ हजार रूपैयाँको कारोबार भएको छ। 

© 2022 All Right Reserved DiasporaNepal