एसआइ युकेद्वारा आगामी जेठ २८ मा बृहत एजुकेशन फेयरको तयारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

si uk


काठमाडौं । एसआइ युके नेपालले आगामी (जुन ११) जेष्ठ २८ गते होटल एभरेष्टमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । आइतबार पुतलीसडकस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसआइ युके नेपालले उक्त जानकारी गराएको हो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एसआइ युके नेपालले स्थापना कालदेखि नै बेला–बेलामा शैक्षिक मेला (एजुकेशन फेयर)को आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जनाए ।
शैक्षिक मेला मार्फत बिद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ युके नेपालका कन्ट्री मेनेजर अस्गर हुँसेनले बताए ।
एजुकेशन फेयरमा सहभागी हुन आउने विद्यार्थीहरुले उक्त दिनबाट विदेश अध्ययनको प्रक्रिया शुरु गर्नेलाई नि:शुल्क आईइएलटिएस, नि:शुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले बताए ।
विदेशमा उच्च शिक्षाको अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरु संग प्रत्यक्ष जानकारी लिने मौका नगुमाउन एसआइ युके नेपालकी ब्रान्च म्यानेजर सुस्मिता शिवाकोटीले अनुरोध गरिन् ।
‘हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक वातावरणमा पटक पटक मोक टेस्ट (नक्कली परिक्षण) गराई विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउँदछौ’, एसआइ युके नेपालकी आएल्यस र पिटीई, इन्स्टक्टर रुबा इमानले भनिन् ।
‘एजुकेशन फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले बजार रणनीति अपनाएका छौ । यसै पत्रकार सम्मेलनमार्फत म सम्पुर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट युके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु’, मार्केटिङ म्यानेजर संगीता ओलीले भनिन्।
फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट मार्फत नाम दर्ता गरेका छन । डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षीक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षीक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउनु हुनेछ । एसआई ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । ४० मुलुकमा रहेर ७९ स्थानमा ग्लोबल अफिसहरु संचालन छन् । एसआई ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षीक सेवा गरिरहेको छ ।

एसआई युके नेपाल शाखा डिरेक्टर अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपमहासचिव र सामाजिक अभियन्ता हुन् ।

© 2022 All Right Reserved DiasporaNepal