नेपाल डिस्टिलरिज’को प्रतिवद्धता तीन वर्षभित्र फोहोर शून्यमा झार्ने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

मदिरा उत्पादक कम्पनी खुकुरी रमको उत्पादक ‘दि नेपाल डिस्टिलरिज’ प्रालिले ले उत्पादनका क्रममा निस्कने फोहोरलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोगको अवस्था बनाउने बताएको छ। 

नेपालको स्थापित ब्रान्ड खुकुरी रकमको उत्पादक नेपाल डिस्टिलरिजले विश्व वातावरण दिवसका अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि यस्तो प्रतिवद्धता जनाएको हो। 

कम्पनीकाअनुसार यस्ता फोहोरलाई हाल ९८ प्रतिशत व्यवस्थापन गर्ने गरिएको छ। त्यस्तै मदिरा उद्योग सञ्चालनका लागि आगामी तीन वर्षभित्रमा ग्रीन एनर्जीको अवधारणालाई कार्यान्यन ल्याउने भएको छ। सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने कम्पनीको दाबी छ। 

‘हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौं। हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं। अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति ल्याउनेछौं’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

© 2022 All Right Reserved DiasporaNepal