बेलायत सरकारद्वारा पुर्व गोर्खाका समस्या समाधान गर्न वार्ता टोली गठन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

बेलायत सरकारले भुतपुर्व गोर्खाहरुको समस्या समाधान गर्न वार्ता टोली गठन गरेको छ । पुर्व बेलायती सेनाका क्याप्टन तथा भेटेरान मन्त्री लियो डोकोर्टीको संयोजकत्वमा बेलायतले वार्ता टोली गठन गरेको जानकारी बेलायतस्थित नेपाली दुताबासले दिएको हो । दुताबासका प्रवक्ता रोशन खनालका अनुसार केही साताभित्रै गोर्खाका समस्याहरुको बारेमा वार्ता हुने सम्भावना छ ।
नेपाल सरकारले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । यस्तै वार्तामा सहभागी हुनका लागि गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट मेजर जुदबहादुर गुरुङलाई सर्वसम्मतिले चयन गरिएको छ ।

वार्ता कहिले हुन्छ भन्ने बारेमा भने जुनको तेस्रो साता हुने दुवै वार्ता टोलीका संयोजकहरुको तयारी बैठकले मात्र निधो गर्ने बताइएको छ । सो बैठकले वार्ताको मिति र विधि तय गर्ने दुतावासले बतायो ।

© 2022 All Right Reserved DiasporaNepal