सगरमाथामा नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी पुर्‍याइएको छ।

आरोही फुरा छिरिङ शेर्पा र न्गिमा टासी शेर्पाले पूर्वकप्तानद्वयको जर्सी सगरमाथाको सर्वोच्च शिखरमा पुर्‍याएका हुन्।

दुवै जनाको जर्सी गत मे ७ मा पुर्‍याइएको थियो।

नेपाली राष्ट्रिय टिमका कप्तानहरूको जर्सी सगरमाथामा पुर्‍याइएको यो पहिलो पटक हो।

पारसले एक दशक नेपाली टिमको कप्तानी गरेका थिए। पारसले संन्यास लिए लगत्तै ज्ञानेन्द्र कप्तान नियुक्त भएका थिए।

© 2022 All Right Reserved DiasporaNepal