आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा परेका नाराहरू

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

आगामी आर्थिक वर्षका लागि सरकारले विभिन्न नारा अघि सारेको छ। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न नाराहरू अघि सारेको हो। अर्थ मन्त्रालयले विज्ञ टोलीको सहयोगमा यी नाराहरू तयार पारेको थियो।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पनि केही नाराहरू छन्। 

यी हुन् आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा परेका नाराहरूः

– स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि

– एक स्थानीय तह, एक विशिष्ट उत्पादन

– जनताको रहर, हरित सहर

– हाम्रो विद्यालय हाम्रो जीम्मेवारी

– प्राविधिक तथा शिक्षाको विस्तार: समृद्धिको आधार

– राज्यको अभिभारा एक घर एक धारा

– चार भञ्जाङ चार सुरुङमार्ग (काठमाडौं उपत्यकाका बाँकी तीन भञ्जाङतर्फ टोखा–छहरे,  गोदावरी–पनौती, सााँगा–बनेपा खण्डको सरुङमार्ग निर्माण गरिने)

–  साइबर सुरक्षाको सुनिश्चितता: एकाइसौं शताब्दीको आवश्यकता (राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने) 

– एक घर परिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक वडा एक बजार

– एक परिवार एक बीमा

© 2022 All Right Reserved DiasporaNepal