उच्च नाफा गर्ने ५ संस्थानहरू

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल टेलिकम रहेको छ। आर्थिक सर्वेक्षणले टेलिकमले सात अर्ब १२ करोड ९४ लाख नाफा आर्जन गरेको देखाएको छ। 

योसँगै यी हुन् उच्च नाफा आर्जन गर्ने पाँच संस्थानहरूः

१. नेपाल टेलिकमः सात अर्ब १२ करोड ९४ लाख

२. नेपाल विद्युत प्राधिकरणः छ अर्ब ९ करोड ९४ लाख

३. कृषि विकास बैंकः तीन अर्ब ५२ करोड ७५ लाख

४. राष्ट्रिय वाणिज्य बैंकः तीन अर्ब ४२ करोड ३६ लाख

५. नेपाल बैंकः दुई अर्ब ९६ करोड १२ लाख   

त्यस्तै, नेपाल वायु सेवा निगम, आयल निमग, नेपाल टेलिभिजन, गोरखा पत्र संस्थान तथा जनक शिक्षा सामग्री केन्द्र लगायत संस्था घाटामा रहेको देखाएको छ।

यी हुन् सबैभन्दा बढी घाटामा रहेका पाँच संस्थानहरूः 

१. नेपाल वायुसेवा निगमः तीन अर्ब ६६ करोड ३० लाख

२. नेपाल आयल निगमः ४३ करोड दुई लाख

३. नेपाल टेलिभिजनः १९ करोड ९ लाख

४. गोरखापत्र संस्थानः आठ करोड छ लाख 

५. जनक शिक्षा सामग्री केन्द्रः सात करोड २२ लाख 

सार्वजनिक संस्थानमा सरकारको लगानी भने बढेको छ। सरकारको लगानी पाँच खर्ब १९ अर्बबाट बढेर पाँच खर्ब ६७ अर्ब पुगेको हो।

सरकारले संस्थानहरूबाट पाएको लाभांश भने यो वर्ष ५२ प्रतिशत घटेको छ। नाफामा रहेका संस्थानहरूबाट सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७२ करोड रूपैयाँ लाभांश पाएको छ।

यसअघि १४ अर्ब ९ करोड लाभांश पाएको थियो। हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमा २२ वटा नाफामा र १९ वटा घाटामा छ। सार्वजनिक संस्थानहरूको खुद नाफा पनि यो वर्ष घटेको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा ४५.४२ प्रतिशत घटेर २६ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ।

आव २०७७/७८ मा सञ्चालनमा रहेका संस्थानमध्ये नाफामा रहेकाको कुल नाफा ३२ अर्ब १९ करोड र घाटामा रहेका संस्थानको नोक्सान ५ अर्ब ८३ करोड रूपैयाँ छ। यस आधारमा संस्थानहरूको एकीकृत नाफा २६ अर्ब ३५ करोड रूपैयाँ छ।

© 2022 All Right Reserved DiasporaNepal