बटलरको शतकको मद्दतले बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

जोस बटलरको शतकको मद्दतले आईपीएलको दोस्रो क्वालिफायरमा बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको छ । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए । राजस्थान रोयल्स सन् २००८ पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । सन् २००८ मा शेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक यो प्रतियोगिता जितेको थियो।

यसपछि जोस बटलरले पनि यस आईपीएलमा आफ्नो ८०० रन पूरा गरे र टोलीलाई सजिलै सात विकेटले जित दिलाए। बटलरले ५९ बलमा शतक बनाए र छक्का लगाएर टोलीलाई जित दिलाए । योसँगै राजस्थान १४ वर्षपछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको छ । बैंगलोरका लागि जोस हेजलवुडले दुई विकेट लिए भने वानिन्दु हसरंगाले कप्तान सञ्जु सामसनलाई आउट गरे ।

राजस्थानका लागि प्रसिद्ध कृष्णा र ओब्द मेकोयले तीन–तीन विकेट लिए । योसँगै ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । अब आईपीएलको फाइनलमा राजस्थानले गुजरातको सामना गर्नेछ ।

© 2022 All Right Reserved DiasporaNepal